२०८१ माघ ३, बिहिवार , ०४:३८:५३ बजे

Sajhamanch
'

भारतको ‘स्पेस–डकिंग’ मिसन सफल, ऐतिहासिक उपलब्धि हासिल गर्ने चौथो देश बन्यो

बिहिवार, माघ ३, २०८१

झापा । भारतले सफलतापूर्वक ऐतिहासिक स्पेस–डकिंग परीक्षण गरेको छ । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले पहिलो पटक अन्तरिक्षमा दुई वटा साना यानलाई एकसाथ जोडेर स्पेस–डकिंङ सफलतापूर्वक पूरा गरेको बीबीसीले जनाएको छ ।

योसँगै भारत स्पेस–डकिंग गर्ने चौथो देश बनेको छ । यसअघि अमेरिका, रुस र चीनले स्पेस–डकिंग गरेका थिए ।

यो प्रविधिले भारतलाई एउटा उपग्रह वा अन्तरिक्ष यानबाट अर्कोमा सामग्री हस्तान्तरण गर्न अनुमति दिनेछ । भारतको स्प्याडेक्स मिसन गएको डिसेम्बर ३० मा भारतीय समयानुसार राति १० बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।

आफ्नै अन्तरिक्ष स्टेशन निर्माण गर्ने र चन्द्रमामा व्यक्तिलाई राख्ने भारतको महत्त्वाकाङ्क्षी योजनाका लागि यो प्रविधि आवश्यक छ ।

सम्बन्धित खबर