२०८१ माघ ३, बिहिवार , ०२:२१:३७ बजे

Sajhamanch
'

हिमाल जोगाउन नसके नेपालको अस्तित्वमै प्रश्न उठ्न सक्छ : मन्त्री पाण्डे

बिहिवार, माघ ३, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउन नसकिएको अवस्थामा नेपालकै अस्तित्वमा प्रश्न उठ्न सक्ने बताएका छन् ।

एमएस म्युजिक एन्ड इन्टरटेनमेन्टद्वारा आयोजित ‘एभरेस्ट टुरिज्म अवार्ड’ वितरण कार्यक्रममा मन्त्री पाण्डेले जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर पर्दै गएको बताए ।

‘जलवायु परिवर्तनका कारण हिमालहरू काला देखिन थालेका छन् । हिमालको अस्तित्व जोगाउन सकिएन भने नेपालकै अस्तित्वमाथि प्रश्नचिह्न उठ्न सक्छ,’ उनले भने, ‘प्रकृतिलाई जोगाउनुपर्ने चुनौती देखिएको छ । जलवायु परिवर्तनका कारण मुलुक संकटमा पर्दै गएको छ ।’

उनले हिमाललाई हिमालकै रूपमा रहन दिने गरी विश्वजगत एक ठाउँमा उभिन संयुक्त राष्ट्र संघसमेत चिन्तित हुनुपर्नेमा जोड दिनुपर्ने बताए । उनले नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिले ओतप्रोत रहेको बताए ।

नेपाल भ्रमणमा आउने पर्यटकमाथि अतिथिदेवो भवः मन्त्र आत्मसात गर्दै अघि बढ्न उनले अनुरोध गरे । कार्यक्रममा १८ देशका पाहुना तथा स्वदेशीलाई विभिन्न विधाबाट सम्मान गरिएको थियो ।

सम्बन्धित खबर