२०८१ माघ २, बुधवार , ०९:२३:१३ बजे

Sajhamanch
'

चीनमा ६.८ म्याग्निच्युडको भूकम्पपछि ३६०० बढी पराकम्प

बुधवार, माघ २, २०८१

झापा । चीन भूकम्प नेटवर्क केन्द्रकाअनुसार गत हप्ता दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन्।

धेरैजसो परकम्पहरू ३.० म्याग्निच्युडभन्दा कम थिए। ४.९ म्याग्निच्युडको एउटा र ५.० म्याग्निच्युडको अर्को दुई शक्तिशाली परकम्पहरू सोमबार राति आएका थिए। जसले काउन्टीमा केही घरहरू भत्काएको बताइएको छ।

जनवरी ७ मा विश्वको सर्वोच्च शिखर माउण्ट कोमोलाङ्माको उत्तरी आधार शिविरको घर डिङ्ग्रीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा १२६ जनाको मृत्यु भएको थियो।

सम्बन्धित खबर