२०८१ माघ २, बुधवार , ०७:४२:५७ बजे

Sajhamanch
'

चीन र रुसबीच अहिलेसम्मकै उच्च व्यापार

मङ्गलवार, माघ १, २०८१

झापा । चीन र रुसले सन् २०२४ मा २ खर्ब ४४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको व्यापार गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यो दुई देशबीचको अहिलेसम्मकै उच्च मूल्यको व्यापार हो ।

चीनको भन्सार प्रशासन महाशाखाले प्रकाशित गरेको तथ्याङ्कअनुसार दुई देशले सन् २०२३ मा २ खर्ब ४० अर्ब १० करोड डलर बराबरको व्यापार गरेका चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

पश्चिमा देशहरुले रुसमा प्रतिबन्ध लगाएपछि चीन र रुसबीच व्यापार बढेको छ । अघिल्लो वर्ष पनि दुई देशबीचको व्यापार बढेको थियो । सन् २०२२ को शुरुमा रुसले युक्रेनमा आक्रमण गरेपछि चीन र रुस राजनीतिक र आर्थिक सम्बन्ध बढेको छ ।

यो सम्बन्धलाई अमेरिका र अन्य पश्चिमी देशहरुबाट व्यापक आलोचना भएको छ । तर दुई देशले सम्बन्ध बलियो बनाउँदै लगेका छन् ।

युक्रेन युद्धका विषयमा चीनले आफू तटस्थ रहेको देखाउन खोजेको छ । उसले आक्रमणका लागि रुसको निन्दा गर्न भने बारम्बार अस्वीकार गर्दै आएको छ ।

यसैबीच, सन् २०२४ मा विश्वको शीर्ष दुई अर्थतन्त्र चीन र अमेरिकाबीचको व्यापार ३ दशमलव ७ प्रतिशतले बढेर ६ खर्ब ८८ अर्ब ३० करोड डलर पुगेको चिनियाँ भन्सार तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित खबर