२०८१ पौष २८, आइतवार , १०:३९:५९ बजे

Sajhamanch
'

दक्षिण कोरियामा विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको भेटियो

आइतवार, पौष २८, २०८१

झापा । दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको बताएको छ ।

गएको डिसेम्बर २९ तारिखमा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ विमान मुआन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा १७९ जनाको ज्यान गएको थियो ।

यातायात मन्त्रालयले निकालेको विज्ञप्तिमा सीभीआर र एफडीआर दुवैले दुर्घटनाभन्दा चार मिनेट पहिलेको अवधिमा रेकर्ड नगरेको देखिएको उल्लेख छ ।

दक्षिण कोरियामा तथ्याङ्क नभेटेपछि अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा बिश्लेषण गर्दा पनि दुर्घटना हुनु चार मिनेट अघिदेखिको तथ्याङ्क नभेटिएको हो । उडानको अन्तिम चरणको जानकारी रेकर्ड बक्समा किन रहेन भन्नेबारेमा खोजी भइरहेको मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाको यातायात मन्त्रालयले जेजु एयरको कार्यालयमा छापा मार्नुको साथै जेजु एयरका प्रमुख कार्यकारीलाई देश छाड्न रोक लगाएका छन् ।

सम्बन्धित खबर