२०८३ वैशाख ९ बुधवार , ०८:५६:३४ बजे

Sajhamanch
'

आजको मौसम

बुधवार, वैशाख ९, २०८३

काठमाडौं । देशका अधिकांश स्थानहरूमा केही दिनदेखि तापक्रम बढ्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार (वैशाख ९)देशका तराई क्षेत्रमा तातो दिनरतातो हावाको लहरको पूर्वानुमान गरेको छ । साथै, हिमाली र पहाडी भूभागमा चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागले मंगलबार साँझ ५:४५ मा गरेको मापनअनुसार, भैरहवाको तापक्रम ४२ डिग्री सेल्सियस र सिमराको ४०.३ डिग्री सेल्सियस छ ।

विभागका अनुसार, आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भूभागका साथै कोसी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।कोसी ‍प्रदेशको हिमाली र पहाडी भूभागलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ ।विभागले मधेस प्रदेशलगायत वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने पूर्वानुमान गरेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिएको विभागले जनाएको छ ।

राति, कोसी ‍प्रदेशको हिमाली र पहाडी भूभागलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।

सम्बन्धित खबर