झापा । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो लगातार फैलिरहेको छ । आगो फैलिएर नयाँ क्षेत्र भेन्टुरा काउन्टीमा पुगेको छ । आगलागीबाट ज्यान गुमाउनेको सङ्ख्या बढेर सात जना पुगेको छ ।
लस एन्जलसको फायर डिपार्टमेन्टका प्रमुख क्रिस्टन क्राउलीले पालिसेड्समा भएको आगलागीमा परी दुई जनाको ज्यान गएको जानकारी दिए।
यसअघि इटनमा आगलागीका कारण पाँच जनाको ज्यान गएको थियो । आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान रहेको बीबीसीले जनाएको छ ।
लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडमा पनि आगलागी शुरू भएको र तीव्र हावाका कारण यो आगो तीव्र गतिमा फैलिएर अन्य विभिन्न क्षेत्रमा पुग्ने बताएका छन् । उनले प्रशासनको आदेशको पालना गरी प्रभावित क्षेत्र खाली गर्न नागरिकलाई आग्रह गरेको खबरमा उल्लेख छ ।