२०८१ माघ २, बुधवार , ०८:१३:२४ बजे

Sajhamanch
'

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइका लागि भएको आन्दोलनमा सहभागी थप ६० जनालाई सजाय

शुक्रवार, पौष १२, २०८१

झापा । पाकिस्तानको सैन्य अदालतले गएको वर्ष पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि भएको आन्दोलनमा संलग्न भएको आरोपमा थप ६० जनालाई सजाय सुनाएको छ ।

पूर्वप्रधानमन्त्री खानलाई गएको वर्षको ‘मे’ महिनामा पदबाट हटाइएपछि पक्राउ गरिएको थियो । उनले देशका शक्तिशाली सैन्य नेताहरूविरुद्ध अवहेलनाको अभियान चलाएका थिए । भ्रष्टाचारको आरोपमा उनलाई हिरासतमा लिएपछि राष्ट्रव्यापी अशान्ति फैलिएको थियो ।

पाकिस्तानमा दशकौंदेखि प्रत्यक्ष रूपमा शासन गर्दै आएको र अझै पनि ठूलो प्रभाव रहेको सेनाले गएको वर्ष आन्दोलनमा सहभागी भएका अभियुक्तहरूविरुद्ध मुद्दा चलाउने बताएको थियो ।

यसअघि गएको शनिवार २५ जनालाई दोषी ठहर गरिएको थियो । फैसलाअनुसार उनीहरू सबैलाई दुईदेखि १० वर्षसम्मको कठोर कारावासको सजाय सुनाइएको समाचार संस्था एएफपीले जनाएको छ ।

यो प्रक्रियाबारे संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र बेलायतले निन्दा गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति निकालेर पाकिस्तानी सैन्य अदालतमा न्यायिक स्वतन्त्रता, पारदर्शिता र उचित प्रक्रियाको ग्यारेन्टीको अभाव रहेको बताएको छ ।

सम्बन्धित खबर