२०८१ पौष ५, शुक्रवार , १०:१९:११ बजे

Sajhamanch
'

बिर्तामोडको पूजा इलेक्ट्रोनिक्स र जय माँ दुर्गा मार्बलमा राजश्वको छापा

शुक्रवार, पौष ५, २०८१

बिर्तामोड । झापा बिर्तामोडका दुई पसलमा भन्सार छलेर अवैध रुपमा सामान ल्याएको आशंकामा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ ।

राजश्वको टोलीले बिर्तामोडको पूजा इलेक्ट्रोनिक्स स्टोर्स र जय माँ दुर्गा मार्बल सप्लायर्समा छापा मारेको हो । टोलीले ती दुईवटा पसलको स्टक बुकलगायतका कागजपत्र लिएर गएको छ ।

टोलीले पसलमा सिल गर्न खोज्दा आफूहरुले रोकेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । ती पसलका बारेमा अनुसन्धान भइरहेको राजश्व अनुसन्धान कार्यालय इटहरीका एक अधिकृतले जानकारी दिए ।

बिहान ११ः३० देखि दिउँसो ४ः३० बजेसम्म बिर्तामोड–३ स्थित सोनम भट्टराईले सञ्चालन गरेको जय माँ दुर्गा मार्वल सप्लायर्स र बिर्तामोड–५ स्थित धीरज अग्रवालले सञ्चालन गरेको पूजा इलेट्रोनिक्स स्टोर्समा छापा मारिएको हो ।

राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत सरोज कोइराला र रामप्रसाद लुइँटेलसहितको टोली आएर जाँच गरी आवश्यक कारबाहीको लागि केही कागजपत्रसहित स्टक जाँच गरिएको ती अधिकृतले जानकारी दिए ।

साथै, राजश्व अनुसन्धान कार्यालय इटहरीमा सम्पर्क गरी ती दुवै व्यवसायीलाई उपस्थित हुन निर्देशनसमेत दिएको जनाइएको छ ।

सम्बन्धित खबर