२०८३ वैशाख २ बुधवार , ०१:०४:०१ बजे

Sajhamanch
'

आज पनि सुनचाँदीको भाउ बढ्यो : सुन तोलाको तीन लाख रुपैयाँ नाघ्यो

बुधवार, वैशाख २, २०८३

काठमाडौं । आज पनि सुनचाँदीको भाउ बढेको छ । नयाँ वर्षको पहिलो दिन हिजो तोलामा ३ हजार १०० रुपैयाँले बढेको सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।

आज सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेर आज सुन तोलाको ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले बढेर तोलाको पाँच हजार २२० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको पाँच हजार ६५ रुपैयाँ थियो ।

बुधवार, वैशाख २, २०८३ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर