२०८३ वैशाख २ बुधवार , ०२:५१:२९ बजे

Sajhamanch
'

दीपक भट्ट, सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा

बुधवार, वैशाख २, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा मारेको छ ।

मंगलबार निजी निवास र हिमालयन रि(इन्स्योरेन्सको कार्यालयमा छापा हानेको स्रोतको भनाइ छ । छापा मारेर अनुसन्धानका लागि आवश्यक कागजात लिएको विभागका एक कर्मचारीले जानकारी दिनुभयो ।

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् ।

दीपक भट्ट निजी क्षेत्रको रिइन्स्योरेन्स कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीका ठूला शेयरधनीमध्ये एक हुन् ।

बुधवार, वैशाख २, २०८३ | मुख्य समाचार, समाज

सम्बन्धित खबर