
काठमाडौं । आठ किलो गाँजासहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अक्षय कुमार छन् । उनलाई मंगलबार राति विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
उनीबाट आठ किलो ५६० ग्राम गाँजा बरामद भएको छ । उनी थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । पक्राउ परेका उनीविरुद्ध लागु औषध नियन्त्रण ब्यूरोले अनुसन्धान अघि बढाएको छ ।


