२०८१ पौष ५, शुक्रवार , १०:२७:०८ बजे

Sajhamanch
'

युक्रेनमा आक्रमण गर्न ढिला भएको पुटिनको निष्कर्ष

शुक्रवार, पौष ५, २०८१

झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले केही समय अगाडी नै युक्रेनमा आक्रमण गरेको भए राम्रो हुने बताएका छन् । उनथले युक्रेनमा आक्रमण गर्न ढिला भएको भन्दै सन् २०२२ को युद्धका लागि बनाएको विशेष योजना बल्ल अगाडि बढेको बताए।

सन् २०१४ मा रुसले युक्रेनबाट क्रिमिया लिएको थियो । त्यसपछि पूर्वी युक्रेनमा तनाव शुरू भएको थियो । त्यसको आठ वर्षपछि रुसले किभमा आक्रमण थालेको हो ।

एक अन्तर्राष्ट्रिय टिभी च्यानलमार्फत प्रसशारण भएको पत्रकार सम्मेलनमा पुटिनले आणविक हतियार, सिरियाका निर्वासित नेता तथा अन्य घरेलु एजेन्डाबारे आफ्नो धारणा राखेका छन् ।

उनले रुसको राष्ट्रिय झन्डा र कब्जा गरिएको युक्रेनी भूभागसहितको रुसको नक्सालाई छेउमा राखेर मन्तव्य राखेको बीबीसीले जनाएको छ ।

कार्यक्रममा पुटिनले रुसको सार्वभौमिकता बलियो हुँदै गएको दाबी गरेका छन् । उनले सिरियाली पूर्व राष्ट्रपति बशर अल असद भाग्नुलाई रुसको हारको रूपमा बुझ्नु गलत भएको समेत बताए।

असदलाई रुसले आश्रय दिएको भएपनि पुटिनले अझै उनीसँग कुराकानी गरेका छैनन् । उनले भूमध्य सागरीय तट लगायत विषयमा सिरियाको नयाँ नेतृत्वसँग तुरुन्त वार्ता गर्ने योजना रहेको बताए।

पुटिनले चीनसँगको सम्बन्ध अहिलेसम्मकै माथिल्लो उचाइमा पुगेको र विश्वलाई नयाँ दिशा दिन सहकार्यको सम्भावना रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर