२०८१ पौष २, मङ्गलवार , ०३:४३:४१ बजे

Sajhamanch
'

हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढ्यो, कारोबार रकम साढे ४ अर्ब पनि पुगेन

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९५ अङ्कले बढेर २ हजार ६३३ दशमलव ८७ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन, म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, माइक्रोफाइनान्स, निर्जीवन बीमा, लगानी समूहको शेयर दोहोरो अङ्कले बढेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो पाँच अर्ब ९३ करोडको शेयर कारोबार भएकोमा आज ३१८ वटा कम्पनीका ८९ लाख ३९ हजार कित्ता शेयर चार अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर