२०८२ माघ ८ बिहिवार , ०८:०९:१६ बजे

Sajhamanch
'

सिरियामा नेपाली शान्ति सेना सुरक्षित : नेपाली सेना

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ ।

इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले सिरिया नियन्त्रणमा लिएपछि नेपाली सेनाले सिरियामा तैनाथ नेपाली शान्ति सेना सुरक्षित रहेको जानकारी दिएको हो ।

सिरियामा विगत केही दिनदेखि विकसित घटनाक्रमअन्तर्गत यही मङ्सिर २२ गते संयुक्त राष्ट्र सङ्घको ‘यूएनडीओएफ’ मिसनमा तैनाथ नेपाली शान्ति सेना रहेको हदारमा रहेको १०–ए सुरक्षा पोष्टमा हतियारधारी समूह जबरजस्ती प्रवेश गरेको थियो ।

यस सुरक्षा पोष्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत विभिन्न ठाउँमा रहेका नेपाली शान्ति सेना सुरक्षित अवस्थामा रहेको नेपाली सेनाले जनाएको हो ।

मङ्गलवार, मंसिर २५, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर