२०८१ मंसिर १८, मङ्गलवार , ११:५२:४४ बजे

Sajhamanch
'

इटहरीमा स्कुल बसमाथि निगरानी बढाइँदै

मङ्गलवार, मंसिर १८, २०८१

विराटनगर । इटहरीमा स्थानीय प्रशासनले विद्यालय बसमाथि निगरानी बढाएको छ । नियमविपरीत विद्यार्थी बोक्ने गुनासो आएपछि उपमहानगरपालिका र प्रहरीले निगरानी बढाएको हो ।

सिट संख्या भन्दा बढी विद्यार्थी राखेपछि मंगलबार १२ वटा स्कुल बसलाई कारवाही गरेको छ । ति बसमा सिट संख्या भन्दा बढी विद्यार्थी राखेर विद्यार्थीलाई बसमा उभ्याएर स्कुल लगिएका थिए ।

विद्यार्थीहरूको उभ्याएर बसमा यात्रा गराएका कारण कारवाही सुरु गरेको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।

नियमविपरीत स्कुल बसमा विद्यार्थी बोक्ने विद्यालयका प्रधानाध्यापकलाई पनि विद्यार्थीको सुरक्षामा लापरबाही नगर्न सचेत गराएको उपमहानगरले जनाएको छ ।

मङ्गलवार, मंसिर १८, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर