२०८१ मंसिर १४, शुक्रवार , ०४:२२:२४ बजे

Sajhamanch
'

फिफा वरीयतामा नेपालको एक स्थान सुधार

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल एक स्थान सुधार गर्दै १७५ औं स्थानमा आइपुगेको छ । यसअघि नेपाल १७६ औं स्थानमा थियो ।

सार्क देशमा नेपालभन्दा माथि भारत १२७ औं, अफगानिस्तान १५५ औं र माल्दिभ्स १६२ औं स्थानमा छन् । नेपालभन्दा तल भुटान १८२ औं, बङ्गलादेश १८५ औं, पाकिस्तान १९८ औं, श्रीलङ्का २ सयौं स्थानमा छन् ।

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, फ्रान्स दोस्रो, स्पेन तेस्रो, इङ्गल्यान्ड चौथो र ब्राजिक पाँचौं स्थानमा यथावत् छन् । यस्तै पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, इटाली नवौं र जर्मनी १० औं स्थानमा छन् ।

सम्बन्धित खबर