२०८१ मंसिर १४, शुक्रवार , ११:३०:२१ बजे

Sajhamanch
'

यू-१९ एसिया कप : श्रीलंकाविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ ।

केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । नेपालका कप्तान हेमन्त धामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोली बुधबार यूएई पुगेको थियो । नेपालको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् ।

पहिलो पटक यू-१९ टिमको प्रशिक्षण सम्हालेका गौचनले राम्रो नतिजा ल्याउने आशा राखेका छन् ।

सम्बन्धित खबर