२०८१ कार्तिक ५, सोमवार , ११:२५:४५ बजे

Sajhamanch
'

पाकिस्तानका अलराउन्डर तलातले कर्णाली याक्सबाट खेल्ने

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । पाकिस्तानका अलराउन्डर हुसैन तलातले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

पाकिस्तानका अलराउन्डर तलातलाई टोलीमा अनुबन्ध गरेको कर्णाली याक्सले जनाएको छ । उनले पाकिस्तानका लागि १८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३९४ रन बनाउँदै ४ विकेट लिएका छन् ।

हुसैन तलातलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले टोली थप बलियो बन्ने विश्वास लिएको बताएका छन् । कर्णाली याक्सको मार्की खेलाडीका रूपमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् ।

नेपाल क्रिकेट सङ्घले आयोजना गर्ने एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।

सम्बन्धित खबर