२०८३ वैशाख २९ मङ्गलवार , ०५:२९:३८ बजे

Sajhamanch
'

सरकारलाई आयोगले बुझायो ‘मानव अधिकारका विषयहरू’

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकारसमक्ष पेश गरेको छ ।

नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि–महासन्धिले सुनिश्चित गरेका मानव अधिकारसम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र त्यसका लागि गरिनुपर्ने कार्यहरूसमेत उल्लेख गरी आयोगले सरकारसमक्ष पेश गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

आयोगले गएको शुक्रवार पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधार, सङ्क्रमणकालीन न्याय, मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानव अधिकार, मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानव अधिकार आयोगको सुदृढीकरण गर्नुपर्ने विषय समावेश छ ।

सम्बन्धित खबर