२०८१ माघ १०, बिहिवार , ०६:४१:१६ बजे

Sajhamanch
'

विपद व्यवस्थापनमा जुट्न नेकपा एमाले झापाको अपिल

शनिवार, असोज १२, २०८१

झापा । विगत ३ दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, डुबान र कटानबाट झापासहित देशभरको जनजीवन अस्तव्यस्त भएको सन्दर्भमा नेकपा एमाले झापाले आज विपद व्यवस्थापनका लागि सार्वजनिक अपिल गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीको हस्ताक्षरमा शनिबार साँझ जारी गरिएको अपिलमा झापामा मात्र ३ जना नागरिक डुबानमा परी बेपत्ता भएको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा धैर्यताका साथ मिलिजुली विपदको सामना गर्न भनिएको छ ।

अपिलमा भनिएको छ, ‘सकेसम्म लामो यात्रा नगर्न, जोखिम कम हुने स्थानमा बस्ने वातावरण सृजना गर्न सम्पूर्ण झापालीहरुमा हार्दिक आग्रह गर्दछौ । विपदमा परेकाहरुलाई उद्धर गर्नुपर्दछ । उद्धार कार्यमा खटेका सरकारी सुरक्षा संयन्त्रसहित विभिन्न स्वयम् सेवकहरुलाई सहयोग पुर्याउनु पर्दछ ।’

अध्यक्ष गिरीले नेकपा एमाले झापा र मातहत कमिटीले अविरल वर्षा नरोकिएसम्म पार्टी कमिटी र जनसंगठनका सबै बैठक, भेला तथा कार्यक्रमहरु स्थगित गरी विपद व्यवस्थापन कार्यमा जुट्न अनुरोध पनि गरेका छन् ।

अपिलमा भनिएको छ, ‘सयौँ घर विस्थापित भई हजारौ नागरिकहरु अप्ठ्यारो झेलिरहेका छन् । विभिन्न स्थानमा बाटो पूल भत्किएका कारण आवगमन अवरुद्ध भएको छ । केही उद्योगहरुमा क्षति पुगेको छ । व्यापार व्यवसाय अस्तव्यस्त भएको छ । कृषकहरुको अन्नबालीमा क्षति पुगेको छ । पशु चौपायाहरु मर्नुका साथै अति जोखिममा परेका छन्। शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली लगायतका सार्वजनिक सेवाका क्षेत्रहरुमा असर पुग्नुको साथै भवनहरु डुबानमा परेका छन् । यो बिषम परिस्थितिमा आ-आफ्नो ठाउँबाट उद्धार र सुरक्षाको कार्यमा लाग्न सम्पूर्ण झापालीहरुमा हार्दिक अपिल गर्दछौ ।’

सम्बन्धित खबर