२०८१ पौष २४, बुधवार , ०९:४२:१६ बजे

Sajhamanch
'

श्रीलंकामा राष्ट्रपति निर्वाचनमा कसैले पाएनन् ५० प्रतिशतभन्दा बढी मत

आइतवार, असोज ६, २०८१

झापा । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । इतिहासमा पहिलो पटक श्रीलंकामा राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतगणना भइरहेको छ ।

अहिलेसम्म कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छैनन् । श्रीलंकाको निर्वाचन आयोगले अब मतदाताहरूको दोस्रो र तेस्रो छनोटमा मत गणना गर्नेछ । निर्वाचनमा जनतालाई आफ्नो रुचि अनुसार तीन जना उम्मेदवार छनोट गर्न भनिएको थियो ।

निर्वाचन आयोगले पत्रकार सम्मेलनमा अनुरा कुमार दिसानायके र सजिथ प्रेमदास बाहेक अन्य सबै उम्मेदवार चुनावी मैदानबाट बाहिरिएको जानकारी दिएको छ ।

सम्बन्धित खबर