२०८१ असोज ४, शुक्रवार , ११:१५:३१ बजे

Sajhamanch
'

युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु

शुक्रवार, असोज ४, २०८१

झापा । रुसमा युद्धका कारण मर्नेको सङ्ख्या बढिरहेको छ । युक्रेनमा अहिलेसम्म ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु भएको आफूले विश्लेषण गरेको डेटानले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ ।

युद्ध भूमिमा मर्नेमा युद्ध सुरु भएयता सेनामा गएका स्वयंसेवक र सर्वसाधारणहरूको अनुपात बढ्दो छ । हरेक दिन युक्रेनमा युद्ध लड्न गएर मारिनेहरूको अन्त्येष्टिको फोटो र अब्यूचरी सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा सार्वजनिक भइरहेका छन् ।

बीबीसी रसिया र स्वतन्त्र वेबसाइट मिडयाजोनाले यी नामका साथै सरकारी प्रतिवेदन समेत अन्य ओपन सोर्समा उल्लेख भएका नामहरूसमेत सङ्कलन गरेको थियो । यस क्रममा युक्रेनमा युद्ध लडिरहँदा ज्यान गुमाएका ७० हजार ११२ जना रुसी सेनाको पहिचान भएको बीबीसीले भनेको छ ।

सम्बन्धित खबर