२०८१ असोज ३, बिहिवार , ०२:४७:४० बजे

Sajhamanch
'

स्वस्थ खाद्यको विषय स्वास्थ्यसँग जोड्न सकिएको छैन : मन्त्री पौडेल

बुधवार, असोज २, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ खाद्यको विषय स्वास्थ्यसँग जोड्न नसकिएको बताएका छन्।

बुधबार गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले ललितपुरमा गरेको कार्यक्रममा बोल्दै उनले मानिसलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिइनुपर्ने बताए।

उनले अबको २० वर्षमा ५० वर्षभन्दा माथिको जनसंख्या बढी हुने दाबी पनि गरेका छन्। स्वस्थ खाद्य महत्वपूर्ण भए पनि यसलाई स्वास्थ्यसँग जोड्न नसकिएको उनको भनाइ छ।

‘को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिन्छ। उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको छ, चासो अलि बढी छ तर निरोधात्मक पद्धतिमा प्रिभेन्सनको पाटोमा केही काम भएको छ आजसम्म ?,’ उनले प्रश्न गरे। खाद्यको विषय महत्वपूर्ण हुने उनले बताए।

‘खाद्य स्वास्थ्यको मुख्य विषय हो तर त्यो स्वास्थ्यसँग जोड्न सकिरहेको छैन। क्यान्सर किन भयो, किड्नीमा समस्या किन आयो, हामीले के खाइरहेका छौँ, हाम्रो फुड ह्याबिट कस्तो छ, खाने वस्तु कस्तो छ र ? कति खाइरहेका छौँरु चाहिने जति छ कि, धेरै खाइरहेका छौँ, थोरै खाइरहेका छौँ कि थोरै खानु पनि समस्या हो, धेरै खानु पनि समस्या हो,’ उनले भने।

मन्त्री पौडेलले अस्पतालहरूले स्वास्थ्य चेतना बिस्तार गर्न आवश्यक रहेको बताए।

सम्बन्धित खबर