२०८१ असोज ३, बिहिवार , ०६:५९:५० बजे

Sajhamanch
'

राष्ट्रसंघ महासभाबारे प्रधानमन्त्री : देशको शिर ढल्नेगरी कुनै काम गर्दिनँ

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्नेगरी कुनैपनि काम नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा आफूले उठाउने एजेण्डा र सहभागी हुने कार्यक्रमहरुबारे संसदलाई जानकारी दिदै प्रधानमन्त्री ओलीले देशको इज्जत तल पर्नेगरी कुनै काम नगर्ने बताए ।

‘नेपालको शीर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम गर्दिन’ प्रधानमन्त्री ओलीले भने । अमेरिकाबाट फर्किएपछि पनि महासभामा आफूले गरेको काम र बोलेका कुराहरुबारे संसदलाई जानकारी गराउने उनले बताए ।

महासभामा उठाउने एजेण्डाबारे प्रधानमन्त्री ओलीले संसदलाई संक्षेपमा जानकारी दिएका छन् । महासभामा भाग लिन प्रधानमन्त्री ओली आगामी ४ असोजमा अमेरिका जाँदैछन् ।