२०८१ असोज ३, बिहिवार , ०१:५६:२२ बजे

Sajhamanch
'

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

सोमवार, भदौ ३१, २०८१

काठमाडौं ।  सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको हो।

यसअघि आजै निर्वाचन आयोगले सरकारलाई मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न सुझाव दिएको थियो। स्थानीय तहमा जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधि रिक्त रहेका छन्।

प्रधानमन्त्री ओलीले निर्वाचनलाई मितव्ययीरूपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न निर्वाचन आयोगलाई आग्रहसमेत गरेको छ।

सम्बन्धित खबर