![](https://sajhamanch.com/wp-content/uploads/2024/09/isrel-2.jpg)
झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा मृत फेला परेका ६ जना बन्धकहरूलाई फिर्ता गर्न असफल भएकोमा माफी मागेका छन् ।
विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सबैलाई रिहाइका लागि पहल गर्न र दबाब दिन भन्दै देशभर आन्दोलन र विरोध प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको यस्तो प्रतिक्रिया आएको बीबीसीले जनाएको छ ।
उनले युद्धविरामका लागि प्रयास गरिरहेको तर युद्धविराम गर्न ढिला भइरहेकामा अरु बन्धकहरुको पनि आफन्तलाई शव पठाइदिने भन्दै हमासले चेतावनी दिएको बताए।
बेलायतले उपकरण तथा हातहतियार जथाभावी प्रयोग भइरहेकाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने जोखिमलाई ध्यानमा राखेर इजरायललाई केही हतियार बिक्री गर्न बन्द गरेको थियो ।
यस कदमले पनि इजरायललाई युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना भएको मानिन्छ । तर इजरायलका प्रधानमन्त्रीले गाजाको एक क्षेत्र सेनाको नियन्त्रणमा रहनुपर्ने अडान राखेकाले हमाससँगको पटकपटकको वार्ता असफल हुँदै आएको छ ।
यही क्रममा गएको अक्टोबरदेखि शुरू भएको युद्धका क्रममा बन्धक बनाइएकालाई फिर्ता गर्न सरकारले आवश्यक पहल नगरेको भन्दै आफन्त लगायतले देशव्यापी विरोध प्रदर्शन चर्काएका छन् ।