२०८१ कार्तिक १५, बिहिवार , ०७:४८:४८ बजे

Sajhamanch
'

भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना

शनिवार, भदौ १५, २०८१

झापा । मर्मतकार्यका निम्ति लैजाँदै गरेको एमआई–१७ हेलिकोप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरले सन्तुलन गुमाउदा दुर्घटनामा परेको थियो ।

हेलिकोप्टरले केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए । उनका अनुसार हेलिकोप्टरमा कोही यात्रु वा सामान थिएन । घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको र टोलीले अवस्थाको निरीक्षण गरिरहेको उनले बताए ।

हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एसडीआरएफ) को टोली दुर्घटनास्थलमा पुगी उद्धारकार्य जारी राखेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।

सम्बन्धित खबर