२०८१ कार्तिक २१, बुधवार , ०२:३६:३३ बजे

Sajhamanch
'

आप्रवासी र गाजा युद्ध सम्बन्धमा बाइडेनकै नीति अगाडि बढाउँछु : उपराष्ट्रपति ह्यारिस

शुक्रवार, भदौ १४, २०८१

झापा । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताएका छन् ।

अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीका लागि विद्यमान् अमेरिकी कानूनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा विद्यमान् कानूनहरूलाई लागू गर्ने अमेरिकी टेलिभिजन च्यानल न्युज नेटवर्क सीएनएनसँगको अन्तवार्ताका क्रममा उद्घोष गरेको खबरमा उल्लेख छ ।

यस्तै उनले गाजा युद्धका लागि इजरायललाई हतियार उपलब्ध गराउने अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिलाई आफूले परिवर्तन नगर्ने बताए। यद्यपि ह्यारिसले युद्धविराम र बन्धक सम्झौता गर्ने तथा यो युद्ध अन्त्य गर्ने समय आएको दाबी गरे।

सम्बन्धित खबर