![](https://sajhamanch.com/wp-content/uploads/2024/08/nasarhalla-e1724914476289.jpg)
झापा । हिजबुल्लाहका महासचिव सय्यद हसन नसरल्लाहले आफ्नो समूहले लेबनानबाट गाजालाई सहयोग जारी राख्ने बताएका छन् । लेबनानी मोर्चालाई असर गर्ने कुनैपनि आशा असफल हुने बताए ।
हिजबुल्लाहले गत महिना बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली हवाई हमलामा आफ्ना कमाण्डर फाउद शोकोरको हत्याको बदला लिन इजरायलमा सयौं रकेटहरू प्रहारको घोषणा गर्यो ।
यसैबीच इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहका रकेट लन्चरहरूलाई लक्षित गरी पूर्वनिर्धारित हवाई आक्रमण गरेको घोषणा गरेको छ । यसअघि हिजबुल्लाहले उचित समय र स्थानमा शोकोरको हत्याको निश्चित र पीडादायी जवाफ दिने धम्की दिएको थियो ।
हिजबुल्लाह दहेहमा क्रूर आक्रमण लाई जवाफ दिन प्रतिवद्ध र दृढ रहेको बताए। हिजबुल्लाहका रकेट लन्चरहरूमा इजरायलले दाबी गरेको पूर्वनिर्धारित हवाई आक्रमणको सम्बन्धमा नसरल्लाहले आजको अपरेशन वा आफ्ना लडाकुहरूमा कुनै प्रभाव नपरेको बताए ।