२०८१ माघ २३, बुधवार , १०:४८:३६ बजे

Sajhamanch
'

बाइडेन प्रशासनले कोभिडसँग सम्बन्धित सामग्री हटाउन दबाब दिएको जुकरबर्गको आरोप

मङ्गलवार, भदौ ११, २०८१

झापा । फेसबुकको मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बाइडेन प्रशासनले सामग्री हटाउनका लागि दबाब दिएको आरोप लगाएका छन् ।

मेटाका मालिक जुकरबर्गले बाइडेन प्रशासनले कोभिडसँग सम्बन्धित पोस्ट हटाउनका लागि दबाब दिएको बताएका बीबीसीले जनाएको छ । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको मातृ कम्पनी मेटा हो ।

मार्क जुकरबर्गले अमेरिकी सदनको न्यायिक समितिलाई पत्र लेख्दै सन् २०२१ मा ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले कोभिड–१९ सँग सम्बन्धित सामग्री हटाउनका लागि महिनौंसम्म दबाब दिएका बताएका खबरमा उल्लेख छ ।

यसमा कटाक्ष र व्यङ्ग्यसँग सम्बन्धित सामग्री पनि रहेका जुकरबर्गले पत्रमा लेखेका छन् । आफूहरू सामग्री हटाउन सहमत नहुँदा आफ्नो टिमप्रति निराशा व्यक्त गरिएको उनले बताए।

यस्तै पत्रमा जुकरबर्गले सन् २०२० मा न्युयोर्क पोस्टले बाइडेन परिवारको भ्रष्टाचारसँग जोडिएको एक रिपोर्ट लेख्दा अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले यसलाई दुष्प्रचार बताउँदै यो रिपोर्टलाई फेसबुकमा डिमोट गरिएको उल्लेख गरेका छन् । यही कारण यो रिपोर्ट धेरै जनासम्म नपुगेको उनको भनाइ छ ।

सम्बन्धित खबर