२०८१ माघ २४, बिहिवार , ०७:२५:४९ बजे

Sajhamanch
'

युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु

सोमवार, भदौ १०, २०८१

झापा। युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु भएको छ । ती पुरुष पूर्वी युक्रेनमा रोयटर्सको न्यूज टिममा काम गर्थे ।

शनिबार एउटा होटलमा भएको मिसाइल आक्रमणमा परेर रायन इभान्सको मृत्यु भएको हो । इभान्स रोयटर्सको न्यूज टिममा सुरक्षा सल्लाहकारका रुपमा काम गर्थे । क्रामतास्र्क शहरमा रहेको होटल साफिरमा आक्रमण हुँदा रोयटर्सका ६ जना कर्मचारी त्यहीँ थिए ।

१९ घन्टासम्म खोजेपछि बल्ल इभान्सको शव भेटिएको थियो । एजेन्सीका अन्य कर्मचारीलाई भने अस्पतालमा भर्ना गरिएको छ । यीमध्ये एक जनालाई गम्भीर चोट लागेको बताइएको छ ।

होटलमा रुसले हानेको मिसाइलले लागेको युक्रेनी अधिकारीहरूले भनेका छन् । रुसले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।

इभान्सको मृत्युको खबरले एजेन्सी शोककूल बनेको रोयटर्सका एक प्रवक्ताले भनेका छन् । आक्रमणबारे आफूहरूले थप विवरण खोजिरहेको उनले बताएका छन् ।

सम्बन्धित खबर