
काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय जलस्रोत विभाग सदस्य प्रा.डा.मोजराज बगाले आइतबार नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य जनम हमाल र कर्णाली प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य कर्णबहादुर शाही पनि आइतबार नै नेकपा (एमाले) मा प्रवेश गरेका छन्। पार्टीका महासचिव शंकर पोखरेलले उनीहरूलाई आज पार्टी कार्यालय, च्यासलमा खादा लगाएर स्वागत गरे।
गोरखाको भीमसेन थापा नगरपालिका–१ का बगाले विद्यार्थी राजनीतिबाट अगाडि बढेका हुन्। उनी अमृत साइन्स क्याम्पस, लैनचौरका अनेरास्ववियुबाट स्ववियु सभापति निर्वाचित भएका थिए। बगाले नेपाल पिएचडि फाउण्डेशनका उपाध्यक्ष पनि हुन्।
उनीसँग नेपाल, चीन र अमेरिकाका विश्वविद्यालयमा अध्यापनको अनुभव रहेको एमालेले बताएको छ।