२०८२ जेठ २, बिहिवार , ०८:१०:१२ बजे

Sajhamanch
'

मर्स्याङ्दी बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर दुर्घटनास्थलमा

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । तनहुँमा आज बिहान भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारका लागि नेपाली सेनाले हेलिकप्टर पठाएको छ । मेडिकल टिमसहितको टोली हेलिकप्टरमार्फत दुर्घटनास्थलतर्फ प्रस्थान गरेको सेनाले जनाएको छ ।

घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाण्डौका लागि छुटेको भारतीय नम्बर (यूपी ५३ एफटी ७६२३) को बस मर्स्याङ्दी नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा रहेको छ । बसमा ४० जना रहेको प्रारम्भिक विवरण छ । घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पर्छ ।

सम्बन्धित खबर

आजको मौसम
बिहिवार, जेठ २, २०८२
प्रतिनिधिसभा बैठक बस्दै
बिहिवार, जेठ २, २०८२