काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
बुधबार (हिजो) छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।
बुधबार प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।