२०८१ माघ २४, बिहिवार , ०५:०१:०६ बजे

Sajhamanch
'

कलकत्तामा बलात्कारपछि हत्या घटना : चिकित्सा समुदायद्वारा हड्ताल र विरोध प्रदर्शन जारी

सोमवार, भदौ ३, २०८१

झापा । भारतको पश्चिम बंगालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुव्र्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् ।

चिकित्सकको यो आन्दोलनको प्रभाव देशका अन्य स्थानहरूमा पनि परेको छ । चिकित्सकहरूले तेलंगाना, तमिलनाडु, उत्तर प्रदेश र मुम्बईलगायत देशका धेरै शहरमा विरोध प्रदर्शन गरेका छन् । कलकत्ता उच्च न्यायालयको आदेशपछि यो मुद्दा राज्य प्रहरीबाट केन्द्रीय अनुसन्धान ब्युरोमा स्थानान्तरण गरिएको छ ।

कलकत्ताको आरजी कर मेडिकल कलेजमा ड्युटीमा रहेका बेला एक स्नातकोत्तर प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा विद्यार्थी तथा चिकित्सक आन्दोलित बनेका छन् भने चिकित्सा समुदायद्वारा देशव्यापी हड्ताल र विरोध प्रदर्शन गरिरहेका छन् ।

अगष्ट १४ मा आरजी कर मेडिकल कलेजमा रहेको अस्पताल परिसरमा प्रदर्शन गर्न जम्मा भएको भीडले तोडफोड गरेको थियो भने अस्पतालको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षाकर्मी हवाई फाएर र अश्रु ग्याससमेत प्रयोग गरी भीडलाई तितरबितर पारेका थिए ।

कानुन, व्यवस्था कायम राख्न, कलकत्ता प्रहरीले आरजी कार मेडिकल कलेज र अस्पतालको वरिपरि अगष्ट १८ देखि कार्यान्वयन हुनेगरी संविधानको धारा १६३ लागू गरेको छ ।

जारी विरोध प्रदर्शनबीच कलकत्ता प्रहरीले मेडिकल कलेज र अस्पतालको वरिपरि सात दिनका लागि भारतीय नागरिक सुरक्षासंहिता (सन् २०२३ पहिले सीआरपीसीको धारा १४४) को धारा १६३ लागू गरिएको जनाएको छ ।

सम्बन्धित खबर