२०८१ मंसिर १२, बुधवार , ०१:१३:५५ बजे

Sajhamanch
'

२० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि जित्ने नेपालको लक्ष्य

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । नेपालले २० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ । २० वर्षमुनिको साफ च्याम्पियनशिप पर्सि भदौ २ गतेदेखि १२ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।

घरेलु मैदानमा हुने प्रतियोगिताका लागि नेपाली टोलीले गएको असारको अन्तिम हप्तादेखि तयारी गरेको हो । यसबीचमा युवा टोलीले पर्याप्त तयारी गर्ने अवसर पाएका छन् ।

उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले सातदोबाटोको टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरिरहेको छ । प्रशिक्षक श्रेष्ठले तयारी अन्तिम चरणमा पुगेको अवस्थामा टोली बलियो देखिएको उल्लेख गर्दै उपाधि घरमा नै सुरक्षित राख्ने बताएका छन् ।

नेपाली टोलीका कप्तान कुशल देउवाले पर्याप्त तयारी पाएकाले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने बताएका छन् । प्रतियोगिता घरेलु मैदानमा भएकाले टोलीले यसलाई उपाधि जित्ने अवसरका रूपमा लिएको कप्तान देउवाको भनाइ छ ।

यसैबीच अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो पत्रकार सम्मेलन गर्दै मैदानको अभावकै बीच प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का छन् । यस्तै समूह ‘बी’ मा साविक विजेता भारत, माल्दिभ्स र भुटान छन् । नेपालले उद्घाटन खेलमा भदौ २ गते श्रीलङ्कासँग खेल्दैछ ।

सम्बन्धित खबर