२०८१ माघ २३, बुधवार , ०७:०४:५१ बजे

Sajhamanch
'

एपीएफका ३ जना महिला भलिबल खेलाडी सम्मानित, निरुता ठगुन्ना सहायक हवल्दारमा बढुवा

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । काभा महिला नेसन्स लिग च्याम्पियनशिपमा सहभागी भएका सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका तीन जना खेलाडी सम्मानित भएका छन् ।

एपीएफले निरुता ठगुन्नालाई सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको सङ्गठनले जनाएको छ । यस्तै एपीएफले निरुतासहित सरस्वती चौधरी र कविता भट्टलाई पनि हिजो नगद पुरस्कारसहित सम्मान पनि गरेको छ ।

निरुता पाँच वर्षअघि सशस्त्रमा आबद्ध भएकी थिइन् । सशस्त्रका महानिरीक्षक राजु अर्यालले तीन जना खेलाडीलाई पुरस्कारसहित सम्मान गरेका हा्न ।

गएको हप्ता भएको फाइनलमा नेपाली टोली भारतसँग ३–२ को सेटमा पराजित हुँदै प्रतियोगितामा उपविजेता भएको थियो ।

सम्बन्धित खबर