२०८१ मंसिर १२, बुधवार , ०४:२२:२४ बजे

Sajhamanch
'

आपसी समाज साकोसद्वारा विद्यालयलाई हाउस ड्रेस प्रदान

बिहिवार, साउन ३१, २०८१

मेचीनगर । आपसी समाज बचत तथा ऋण सहकारी संस्थाले यहाँको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको छ । मेचीनगर वडा नं. १४ स्थित दुहागढीमा रहेको श्री कृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।

बुधबार एक संक्षिप्त कार्यक्रमका बीच सो सहकारी संस्थाले विद्यालयका प्रधानाध्यापक सिताराम थापा र व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुङ्गानालाई विद्यालय पोशाक हस्तान्तरण गरेका हुन् ।

संस्थाका अध्यक्ष शरद शिवाकोटीले सहकारीको सामाजिक उत्तरदायित्व वहन गर्दै विपन्न सामुदायका बालबालिका अध्ययनरत विद्यालयलाई सहयोग गरेको बताए ।

सहकारी संस्थाले ६० जना विद्यार्थीलाई हाउस ड्रेस वितरण गरेको हो । विपन्न विद्यार्थी अध्ययनरत विद्यालयमा सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुङ्गानाले संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।

पोशाक हस्तान्तरण कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष शान्ता राउत, सचिव यमुना रिजाल, कोषाध्यक्ष भुपेन्द्र पौडेल, सदस्य फूलमाया पोखरेल, कमला मिश्र, नरमाया कडरिया, कर्मचारी सृजना घिमिरे सुवेदी लगायतको सहभागिता थियो ।

कार्यक्रमका सहकारी संस्थाका अध्यक्ष शिवाकोटी, मेचीनगर १४ का वडासदस्य फूलकुमारी राजवंशी, पूर्व वडाध्यक्ष शंकर पोखरेल लगायतले मनतब्य राखेका थिए ।

२०२४ सालमा स्थापना भएको सो विद्यालयमा ९६ जना विद्यार्थीहरु अध्ययनरत रहेको प्रधानाध्यापक थापाले जानकारी दिए ।

सम्बन्धित खबर