काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । जम्बो मन्त्रीमण्डलको चर्को आलोचनापछि मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।
२५ जेठमा मुख्यमन्त्री नियुक्त भएका सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका थिए । २२ साउनमा मात्रै उनले पाँच राज्यमन्त्री नियुक्त गरेर मन्त्रीमण्डलको संख्या २० पुर्याएका थिए । जसको चौतर्फी आलोचना भएको थियो ।
जसपाले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो । बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।
बर्खास्त गरी मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखलाई आज बिहान पत्र पठाइसकिएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।