२०८१ मंसिर १२, बुधवार , १०:३२:४८ बजे

Sajhamanch
'

एनएमसीका सदस्य सहजकर्ताहरुलाई अभिमुखीकरण तालिम प्रदान

सोमवार, साउन २८, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्ना सदस्य सहजकर्ता कर्मचारीहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गरेको छ ।

साउन २६ गते शनिबार इलाम जिल्लाका चारवटा सेवा केन्द्रमा कार्यरत २० जना सदस्य सहजकर्ताहरुलाई इलाम बजारमा आयोजित कार्यक्रममार्फत् अभिमुख गरिएको हो ।

यस्तै, संस्थाको भद्रपुर–केचना क्षेत्रका सेवा केन्द्रमा कार्यरत सदस्य सहजकर्ताहरुलाई भद्रपुरमा भेला गरी तालिम दिइएको हो ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा भएका ती दुवै कार्यक्रममा चालू आर्थिक वर्षमा संस्थाको नीति तथा कार्यविधिहरुमा भएको परिमार्जनहरु बारे तथा प्राविधिक विषयहरुमा सदस्य सहजकर्तालाई अवगत गराइएको हो ।

दिनहुँ सदस्यहरुको पसल, अफिस र घरदैलोमा पुगेर सेवा दिने संस्थाका कर्मचारीहरुलाई आवश्यक पर्ने महत्वपूर्ण जानकारीहरु गराएर संस्थालाई चुस्त ढंगले सञ्चालन गर्न वर्षेनी यस्तो तालिम सञ्चालन गर्ने गरिएको छ ।

इलाम क्षेत्रमा भएको कार्यक्रममा शिक्षा तथा तालिम उपसमितिका संयोजक डम्बरबहादुर बस्नेतको अध्यक्षतामा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, बचत तथा ऋण व्यवसाय प्रमुख मनिष कोइराला र आईटी अफिसर गोपीकृष्ण सुवेदीले सहजीकरण गरेका थिए ।

शिक्षा तथा तालिम उपसमितिका सदस्य गोपाल काफ्लेले अभिमुखीकरण कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै शाब्दिक स्वागत गरेका थिए भने सहभागीहरुले अन्तरक्रियात्मक शैलीबाट तालिम लिएका थिए ।

यस्तै भद्रपुर–केचना क्षेत्रका सदस्य सहजकर्ताहरुका लागि आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी, कानून अनुपालन विभाग प्रमुख तेजकुमारी घिमिरे र आइटी अफिसर आविस्कार बस्नेतले आ–आफ्ना विषयमा सहजीकरण गरेका थिए ।

शिक्षा तथा तालिम उपसमितिका सहसंयोजक घनश्याम अधिकारीको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै सदस्य अर्जुनप्रसाद थपलियाले शाब्दिक स्वागत गरेका थिए ।

संस्थाका ७ वटा क्षेत्रहरुमध्ये बाँकी ५ वटा क्षेत्रमा कार्यरत सदस्य सहजकर्ताहरुका लागि आगामी भदौ ८ गते दोस्रो चरणको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने उपसमितिका संयोजक बस्नेतले बताएका छन् ।

सम्बन्धित खबर