झापा । कचनकवल गाउँपालिकाले भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३० औं विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै शुक्रबार अर्थात् साउन २५ गतेका दिन सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, गाउँपालिका, वडा कार्यालयहरू बन्द रहने जनाएको छ ।
विश्वका आदिवासीहरूले वर्षौँदेखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।