
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेहरुको भन्दा आउनेको संख्या बढी भएको हो ।
मेचीनगरको तथ्यांक अनुसार २०७८ साल साउन १ गतेदेखि २०८१ साल असार मसान्तसम्ममा बसाइँ सरी आउनेको संख्या २ हजार २७७ परिवारका ७ हजार ४४९ जना सदस्य छन् । त्यस्तै सोही अवधिमा नगरबाट अन्यत्र बसाइँ सरी जाने १ हजार १८९ परिवारका ३ हजार ५४९ जना सदस्य रहेका छन् ।
नगरको सबैभन्दा बढी बसाइँ सरेर आउने वडाको रूपमा ६ नम्बर रहेको छ उक्त वडामा बसाइँ सरी आउनेको संख्या २६८ परिवार छ । जसमा ८०८ जना सदस्य रहेका छन् । त्यसैगरी सबैभन्दा कम बसाइँ सरी आउने वडाको रूपमा वडा नम्बर १ रहेको छ । उक्त वडामा बसाइँ सरी आउने ५८ परिवारका १९८ जना सदस्य छन् ।
त्यस्तै विगत तीन वर्षको अवधिमा नगरबाट सबैभन्दा बढी वडा नम्बर ६ बाटै बसाइँ सरी अन्यत्र गएका छन् । उक्त वडाबाट १४१ परिवारका ४०८ जना सदस्यले मेचीनगर छाडेर अन्यत्र हुन् । त्यस्तै सबैभन्दा कम वडा नम्बर १३ बाट ५१ परिवारका १४० जना बसाइँ सरेर अन्यत्र गएका छन् ।