२०८१ कार्तिक ३०, शुक्रवार , १२:४३:४३ बजे

Sajhamanch
'

क्यानडा लान्छु भन्दै ८४ लाख ठगेको आरोपमा झापाका भण्डारी पक्राउ

सोमवार, साउन १४, २०८१

बिर्तामोड । सामाजिक सञ्जालको दुरूपयोग गरेर सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा झापाका एक युवा पक्राउ परेका छन् ।

बिर्तामोड–९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारी सो आरोपमा शुक्रबार पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भण्डारीले पीडितहरुलाई क्यानडा लाने भनेर प्रलोभनमा पारी विभिन्न व्यक्तिका नाममा भएका बैंक खाताहरूमा पटक–पटक गरी ८४ लाख १५ हजार ६२५ रूपैयाँ पठाउन लगाएर ठगी गरेका छन् ।

पक्राउपछि उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर