२०८१ कार्तिक ३, शनिवार , ०७:१९:४९ बजे

Sajhamanch
'

बिर्तामोडमा जङ्गली हात्तीले चारवटा घर भत्कायो

आइतवार, असार ३०, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा जङ्गली हात्तीले आज बिहान चारवटा घर भत्काएर क्षति गरेको छ । बिर्तामोड नगरपालिका ७ डाँडा गाउँ बस्ने नवराज लिम्बू , डम्बर बिक, सोनु सुनुवार र खालवारि बस्ने खगेन्द्र घिमिरेको घर भत्काएर क्षति गरेको हो ।

बिहान अन्दाजी २ बजेको समयमा चार वटाको सङ्ख्यामा आएका जङ्गली हात्तीको समूहले डाँडा गाउँ बस्ने नवराज लिम्बूको टिनको छानो, इँटाको पर्खाल भएको दुई तले टाँडे घरको पर्खाल भत्काई एक लाख पचास हजार बराबरको क्षति गरेको छ ।

त्यस्तै सोही ठाउँ बस्ने डम्बर बिकको टिनको छानो,इँटाको पर्खाल भएको एकतले घरको पर्खाल भत्काई घरभित्र रहेको अन्नपात खाई अन्दाजी ५० हजार बराबरको क्षति गरेको छ भने सोनु सुनुवारको टिनको छानो,इँटाको पर्खाल भएको एकतले घरको पर्खाल भत्काउँदा अन्दाजी ७० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै खालवारि बस्ने खगेन्द्र घिमिरेको टिनको छानो,काठको घेराबारा भएको दुई तले टाँडे घरको घेराबेरा भत्काई घरभित्र रहेको अन्नपात खाई अन्दाजी ४० हजार बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।हात्तीले जम्मा ३ लाख १० हजार बराबरको क्षति गरेको प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

सम्बन्धित खबर