भद्रपुर । झापाको भद्रपुरमा धारिलो हतियारले हानेर गौरीमाया तामाङको हत्या गर्ने राजेश तामाङ पक्राउ परेका छन् ।
शुक्रवार दिउँसो ३:३० बजे भद्रपुर–२ डिगाउँकी ७० वर्षीया तामाङलाई छिमेकी अन्दाजी ४० वर्षीय तामाङले धारिलो सिक्कलले हानेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राजेशले गौरीमायाको घरैमा गएर धारिलो हतियार (सिक्कल) ले घाँटीको दाहिने भागमा प्रहार गरेका थिए ।
हतियार प्रहारबाट वृद्धावस्थाकी महिलाको घटनास्थलमै मृत्यु भएको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले बताए ।
महिलामाथि हतियार प्रहारपछि लुकेर बसिरहेका तामाङलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।