२०८१ मंसिर १, शनिवार , ०८:१२:५९ बजे

Sajhamanch
'

बैंकिङ कसुर मुद्दाको फैसलापछि फरार दमकका तामाङ प्रहरी फन्दामा

बिहिवार, असार १३, २०८१

दमक । बैंकिङ कसुर मुद्दामा फरार भएका झापा दमक–९ का ३१ वर्षीय इकेस तामाङ बिहीवार पक्राउ परेका छन् ।

जिल्ला अदालत झापाले वैशाख २३ गते सो मुद्दाको फैसला सुनाएपछि उनी भागेका थिए । तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्न झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएर करागार चलान गरिएको प्रहरीले जनाएको छ ।

अदालतको आदेश अनुसार कैद भुक्तानका लागि उनलाई जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

अदालतले तामाङविरुद्ध एक महिना कैद सजाय र ६ लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा २४ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नुपर्ने फैसला गरेको थियो ।

सम्बन्धित खबर