२०८१ माघ २४, बिहिवार , ०६:३१:२१ बजे

Sajhamanch
'

लोकसभा चुनाव : प्रारम्भिक मतपरिणाम अनुसार भाजपा एक्लैको बहुमत पुग्ने सम्भावना कम

मङ्गलवार, जेठ २२, २०८१

नयाँ दिल्ली । भारतमा जारी लोकसभाको मतगणनाले भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत नल्याउने सम्भावना बढेको छ ।

यो चुनावमा भाजपाले ४०० सिटभन्दा धेरै ल्याएर संविधान संशोधनको समेत एजेन्डा अघि सारेको थियो । तर आज भइरहेको मतगणनाअनुसार भाजपा एक्लैले २३३ सिटमा अग्रता लिएको छ । भाजपा नेतृत्वको ‘नेशनल डेम्रोक्र्याटिक अलाइन्स’ (एनडीए) ले भने २९१ सिटमा अग्रता लिइरहेको छ ।

यस्तै भारतीय कांग्रेस एक्लै ९७ सिटमा अघि रहेको छ । कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २३५ सिटमा अग्रता लिएको छ । ५४२ सिटका लागि भएको चुनावमा बहुमत हासिल गर्न २७२ सिट आवश्यकता पर्छ । भारतीय निर्वाचन आयोगका अनुसार ५४३ लोकसभा सिटमध्ये गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्वाचित भइसक्नुभएको छ ।

मतगणनामा देखिएको अग्रताअनुसार भाजपा एक्लैले बहुमत ल्याउन नसक्ने देखिएको छ । यदि भाजपासँगै गठबन्धन गरेका एनडीएका साना दलले साथ छाडेमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको सरकार बन्न सक्ने आकलन पनि शुरु भएको छ ।

गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात वटा चरणमा गरी गएको शनिवार सकिएको थियो ।