![](https://sajhamanch.com/wp-content/uploads/2024/05/accident-11.jpg)
दाङ । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका–६ का २७ वर्षीय चालक सुकलाल घर्तीको मृत्यु भएको छ।
कपुरकोट गाउँपालिका–३ स्थित अरिंगालेफेदीमा गएराति सवा ९ बजेतिर रा १ ख १९१६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको थियो।
मिनी ट्रक अनियन्त्रित भई सडकदेखि झन्डै तीन मिटर तल खसेको थियो। सोही ट्रकले च्यापेपछि चालक घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले सेतोपाटीलाई बताए।
‘गुडिरहेको गाडीको टायर हेड भाँचिएपछि चालकले आत्तिएर हाम फाल्दा सोही गाडीले चालकलाई च्यापेको भन्ने कुरा सहचालकले गरेका छन् ,’ डिएसपी कार्कीले भने।
दुर्घटनामा परी कुपिण्डे नगरपालिका–९ का सहचालक २१ वर्षीय तेजबहादुर बुढाथोकी घाइते भएका छन्। उनको हातमा चोट रहेको छ। उनको जिल्लामै उपचार भइरहेको छ।
उक्त मिनी ट्रक दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै थियो।