२०८१ मंसिर १२, बुधवार , ०२:२०:५५ बजे

Sajhamanch
'

स्कूल क्याप्टेन छान्न इस्ट होराइजनमा भएको मतदानबाट अन्वेशा र प्रयास विजयी

शुक्रवार, वैशाख २८, २०८१

मेचीनगर । मेचीनगर–१० स्थित इस्ट होराइजन अंग्रेजी आवाशिय माविमा निर्वाचन प्रक्रियाबाट स्कूल क्याप्टेन (हेड ब्वाई र हेड गर्ल) निर्वाचित भएका छन् ।

शुक्रवार सम्पन्न निर्वाचनमा इरेजर चुनाव चिह्न भएकी छात्रा अन्वेशा श्रेष्ठ ‘हेड गर्ल’ र ग्ल्यु चुनाव चिह्न भएका छात्र प्रयास ढकाल ‘हेड ब्वाइ’ पदमा निर्वाचित भएका हुन् ।

कक्षा ६ देखि १० सम्मका ७ सय ७ जना विद्यार्थीमध्ये ६ सय ३७ जनाले मतदान गर्दा १४ मत बदर भएको र ५६ जना अनुपस्थित भएका निर्वाचन गर्न गठित आयोगका प्रमुख एवं शिक्षक अनुज दाहालले बताए ।

उनका अनुसार सर्वमान्य नियम पालना गर्दै भएको निर्वाचनमा ५ जना छात्रा र ५ जना छात्र चुनावी मैदानमा उत्रिएका थिए ।

हेड गर्लमा निर्वाचित इरेजर चुनाव चिह्नकी उम्मेदवारले २९२ मत पाएकी थिइन् भने हेड ब्वाईमा निर्वाचित ग्ल्यु चुनाव चिह्नका उम्मेदवारले २८३ मत ल्याएका थिए ।

विद्यार्थीहरुलाई सामाजिक शिक्षाअन्तर्गत व्यावहारिक ज्ञान प्रदान गर्दै अनुभवी बनाउने उद्देश्यले निर्वाचन प्रक्रियाद्वारा क्याप्टेन छानिएको प्रिन्सिपल सञ्जीव राईले बताए ।